arrow

तनहुँको भानु नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
bhanu-nagarpalika-tanahun.jpg

तनहुँ । तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो ।

नगरको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले शैक्षिक क्षेत्रमा पहिलोचरणमा गत शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्म र चालु शैक्षिकसत्रमा कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा वितरण गरेको जानकारी दिए ।

उनले भने, “यस वर्ष कक्षा १-५ को परिमार्जित संस्करण र कक्षा ६-८ को नयाँ संस्करण निर्माणगरी वितरण गरिएको हो । आधारभूत तह कक्षा १-८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।”

स्थानीय जनप्रतिनिधि, शिक्षकका पेशागत सङ्गठन, प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवीलगायतको सहयोगमा निर्माण गरिएको पाठ्यक्रममा भानुको मौलिक पहिचान जनाउने विषय समावेश गरिएको र यसले बालबालिकाको सिकाइ उपलब्धि सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीको भनाइ छ ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको योगदानलाई प्रचारप्रसार गर्ने उद्देश्यसहित पाठ्यपुस्तक तयार गरिएको उनले बताए ।

भानु नगरपालिका-४ चुँदीरम्घा शिखर कटेरीमा जन्मिएका आचार्यको नाममा तत्कालीन भानु गाविस र हाल भानु नगरपालिका नामकरण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ