arrow

हिमानीले गरिन् विद्यालय भवन शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७३ मंसिर २५ शनिबार
himani-shah-nepal.jpeg
गोरखा। पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छन् ।  ‘गोरखा भूकम्प’ ले क्षति पुर्‍याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो । ट्रस्टले करिब ३ करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए । 
 
जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ