arrow

बंगलादेशमा स्थिति सामान्य हुँदै गएपछि कलेज भर्ना खुला, नयाँ आरक्षण नीति लागू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
bangladesh-college-24.jpg
तस्बिर – फाइल ।

ढाका । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि शुरु भएको छ । 
 
केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना हुन नसकेकाले यस्तो निर्णय गरिएको हो । विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन् ।

चौथो चरणको आवेदनको नतिजा अगस्त १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्त १८ मा शुरु भएर १९ अगस्त साँझसम्म जारी रहनेछ।

सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्त १९ बाट शुरु हुनेछ ।

कोटा सुधारका लागि जारी आन्दोलनका बीच गत असार १६ गते देशभरका सबै सरकारी तथा निजी विद्यालय, कलेज, मदरसा र विश्वविद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको थियो ।

विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्षणको ब्यवस्थापछि भर्ना लिन लागिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ