arrow

स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे प्राथमिकता र कार्ययोजना [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
pradip-poudel-81-4-27 (3).jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकताका विषय तथा कार्ययोजना  सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन् । 

मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेका हुन् । 

कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए । मन्त्री पौडेलले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझाव लिएका थिए । 

यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि ईमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए । यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेका हुन् । 

यस्तो छ प्राथमिकता र कार्ययोजनाको पूर्णपाठ–


 

pradip-poudel-81-4-27 (4).jpg
pradip-poudel-81-4-27 (5).jpg
pradip-poudel-81-4-27 (6).jpg
pradip-poudel-81-4-27 (1).jpg
pradip-poudel-81-4-27 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ