arrow

सैयद रेफात अहमदले प्रधानन्यायाधीशमा लिए पद तथा गोपनियताको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
bangladesh-chief-justice-24.jpg

ढाका । बंगलादेशको २५ औँ प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए । यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ । 

राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाइएको छ ।

सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो। उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए । 

उनकी आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक थिइन् ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो ।

त्यसलगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिएका थिए । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ