arrow

थप दुई सल्लाहकारले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
muhammad-yunus-bangladesh-getty-images.jpg

काठमाडौँ । बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिएका छन् ।

बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथग्रहण गरेका छन् ।

अर्का सल्लाहकार फारुक–ए–आजम अझै देश बाहिर रहेकाले शपथ लिन बाँकी छ ।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिनाको सरकारको अपदस्थ पछि मोहम्मद युनुस नेतृत्वको नयाँ अन्तरिम सरकारले अगस्ट ८ मा शपथ लिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ