arrow

बङ्गलादेशमा अल्पसङ्ख्यक विरुद्धको हिंसाको विरोधमा लण्डनको संसद बाहिर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
bangladesh-voilence-24-8-5-.jpg

काठमाडौँ । यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् ।
 
बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए। प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागीता रहेको थियो । 

बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए । 

“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने । 

“जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उनले बताए । 

बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए । 
बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् ।

“विगत पाँचदेखि छ दिनदेखि बङ्गलादेशमा अल्पसङ्ख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसङ्ख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ