arrow

नतिजा नसच्याए तालाबन्दी गर्ने विद्यार्थीहरुको चेतावनी

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
medical-ko-news.jpeg
काठमाडौं । पूर्व प्रकाशित नतिजा नसच्याए पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् । एम.बी.बी.एस.का विद्यार्थीहरुले राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् ।  
 
विद्यार्थीहरुले पाटन एम.बी.बी.एस. संघर्ष समिति नै गठन गरी पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । संघर्ष समितिका अध्यक्ष विपिन मेहताले बिना सूचना २०७३ साल मंसिर १८ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको नतिजा खारेज गरेर २०७३ साल मंसिर १५ गते आएको नतिजालाई कायम नगरे डिन र भिसीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए । 
 
उनले भने, ‘दोस्रो पटक प्रकाशित गरिएको नतिजा खारेज गरि पहिलोपटक प्रकाशित भएको नतिजा कार्यान्वयन नगरे उपकुलपति र डिनको कार्यालयमा तालाबन्दी गरेर सशक्त आन्दोलन गछौं, हामी डिनलाई कुनै हालतमा कार्यालय छिर्न दिँदैनौं, हाम्रो कुरा सुनुवाई नभए थप सशक्त आन्दोलन गर्छौं ।’
 
उनले २०७३ साल कार्तिक २७ गते विद्यार्थी भर्ना छनौटका लागि सञ्चालन भएको परिक्षाको नतिजा प्रकाशित गर्दै त्यसमा ३ सय ७७ जनाको आईडेण्टीफिकेशन नम्बर प्रकाशित गरेको उल्लेख गर्दै भने, ‘अन्र्तवार्ताका लागि बोलाईसकेपछि हामीहरुलाई जानकारी नदिई दोस्रो नतिजा निकालेर हामीलाई आईटेण्टीफिकेशन नम्बरबाट हटाईयो ।’ 
 
संघर्ष समितिले प्राविधिक त्रुटि भए प्रकाशित गरेको नतिजामा ३ सय ८० जनालाई आईटेण्टीफिकेशन नम्बरमा समावेश गरेको र नयाँ नतिजामा पहिलाको ३ सय ७७ मध्येबाट ९० जनालाई मात्रै आईटेण्डीफिकेशन नम्बरमा समावेश गरेको हुँदा २ सय ८७ जना पीडित भएको गुनासो पोखेको छ । उनीहरुले आफूहरुलाई अन्याय गरेर मानसिक तनाब दिएको आरोप लगाएका छन् । 
 
समितिले आजको तीन दिनभित्र आफूहरुको माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कार्यक्रममा समितिका सचिव रुकु बस्नेतले पनि आफ्नो धारणा राखेका थिए । पीडित विद्यार्थीहरुको माँगमा डा. विनय पंजीयार अध्यक्ष रहेको नेपाल मेडिकल एण्ड डेन्टल एशोसियसनको समेत समर्थन रहेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ