arrow

उश्रृंखल बन्दै बंगलादेशी प्रदर्शन, भत्काए भारतीय स्मारक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
indian-martyrs-bangladesh.jpg

ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले सन् १९७१ को युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।

मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।  

उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर सो स्मारक भत्काएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’
 
यद्यपि भारतीय कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् । 

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमात ए–इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। 

उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ