arrow

अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय र १० प्रतिशत आरक्षण मागे बंगलादेशका हिन्दूहरूले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
bangladesh-hindu-24-protest.jpg

ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन् । 

उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको मागसमेत गरेका छन्। प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् ।

 आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न पनि माग गरिएको छ ।

आन्दोलनकारीले भनेका छन्, ‘हामी यही देशमा जन्मेका हौँ, यो हाम्रा पुर्खाहरूको भूमि हो । यो देश पनि उनीहरुको हो । यहाँ मारिए पनि उनले आफ्नो जन्मभूमि बंगलादेश छोड्ने छैनन् । बरु आफ्नो अधिकारका लागि सडकमा उत्रिनेछन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ