- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन ल्याएको छ । जस अन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीका लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्ने छन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ।
नयाँ हुन्डाई क्रेटा गत अगस्त ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटा बिक्री गर्न शुरु गरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्रायः हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।
प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध रहेको र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने कम्पनीले जनाएको छ ।
त्यसैगरी लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशनमार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो। यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
मेड इन नेपाल हुन्डाई भेन्यु १.२(एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (एसएक्स) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने पनि कम्पनीले जनाएको छ ।
सोमबारदेखि शुरु भएको यस क्याम्पेनमा नेपालभरका इच्छुक व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्रमार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेजमार्फत जानकारी गराइने कम्पनीले उल्लेख गरेको छ ।
चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान री आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १६ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ । इच्छुक व्यक्तिले आफू नजिकैको हुन्डाई शो-रुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्ने पनि कम्पनीले जनाएको छ।