arrow

अज्ञात व्यक्तिद्वारा पाँच जनामाथि छुरा प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
turkey-geopolitical.jpg

काठमाडौँ । बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले उत्तरपश्चिम टर्किएमा पाँच जनालाई छुरा प्रहार गरेका छन् । राजधानी अंकाराबाट करिब २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको थियो । 

आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ । पाँच जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ । 

आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्रमणको अनुसन्धान शुरु गरेको बताए । परिवार तथा सामाजिक सेवामन्त्री महिनुर ओज्देमिर गोक्तासले घटनाको कारण खेलको लत रहेको र आक्रमणकारी युद्ध भिडियो गेमको प्रभावमा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ