arrow

सत्तामा साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्छ : नेता पौडेल

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले सत्ता साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । व्यास नगरपालिका कार्यालयको बहुउद्देश्यीय भवनको शनिबार शिलान्यास गर्दै नेता पौडेलले सत्ता हात पार्ने फोहोरी खेलका कारण देशमा राजनीतिक अस्थिरता रहेको बताए । 
 
नेपाली काँग्रेस, नेकपा(एमाले) र माओवादी केन्द्रले मधेस केन्द्रित पार्टीलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने नेता पौडेलको भनाइ थियो । ‘‘दलका नेताहरुले नै लोकतन्त्रलाई स्वीकार नगरेका कारण लोकतन्त्रविरुद्ध नै षड्यन्त्र भइरहेको छ’’ नेता पौडेलले भने। 
 
हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेट्दै देशलाई जोगाएर विकासलाई अघि बढाउनसके १० वर्षमा देशमा कायापलट हुने र युवा विदेसिने क्रमलाई रोक्न सकिने उनको धारणा थियो । 
 
पूर्वराज्यमन्त्री अमरराज कैनीले स्थानीय निकायको चुनाव नहुँदासम्म नेपाली जनताले लोकतन्त्र, प्रजातन्त्र र विकासको अनुभूति गर्न नसक्ने हुँदा संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति वैकु न्यौपाने, नेकपा (एमाले) वैकल्पिक सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का युवा नेता अतिन्द्रकेशरी न्यौपानेलगायतका वक्ताले नगर क्षेत्रको विकासका लागि राजनीतिक दलहरु सक्रिय भएर लाग्नुपर्ने बताए  । 
 
नगरपालिका कार्यालयका कार्यकारी अधिकृत डिल्लीराम सिग्देलका अनुसार रु ११ करोड ३७ लाख ८६ हजारको लागतमा निर्माण गरिने उक्त भवन २०७४ माघमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ