arrow

इजरेली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या ४० हजार नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजापट्टीमा जारी इजरेली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या झन्डै ४० हजार पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टाको अवधिमा इजरेली सेनाले ३६ जनाको ज्यान लिएको छ बताएका छन् । 

५४ जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ३९ हजार ९६५ पुगेको छ । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरेली सङ्घर्ष शुरु भएदेखि ९२ हजार २९४ जना घाइते भएका छन् । त्यहाँ अझै पनि धेरै पीडितहरू भग्नावशेषमुनि र सडकहरूमा छन् । 

यसैबीच बुधवार मध्य गाजा पट्टीको नुसेरात शिविरमा रहेको एउटा घरमा इजरेली बम बारीबाट सात जनाको मृत्यु भएको छ भने इजरेली सेनाले खान युनिस शहरको एक आवासीय अपार्टमेन्टमा बमबारी गर्दा चार जनाको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्थाले जनाएको छ । इजरेल डिफेन्स फोर्स (आईडीएफ) ले बुधवार सेनाले दक्षिणी र मध्य गाजामा कारबाही जारी राखेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ