- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा भासिदो क्रम जारी रहेको छ । कहिले सडक भासिएको छ त कहिले कुनै ठाउँको जमीन भासिएको छ । विशेष गरी खोला मासेर बनाइएको जग्गा भासिने क्रम चलिरहेको हो ।
सोही क्रममा तारकेश्वर नगरपालिका ५ अर्यालटारमा खोला पुरेर बनाएको खेलमैदान भासिएको छ । उपत्यकामा भएको भारी वर्षाको कारण सो मैदानको बीच भाग भासिएको हो ।
स्थानीय कुलप्रसाद अर्यालका अनुसार रुद्रेश्वर खोला पुरेर सो मैदान बनाएको र महिना दिन अगाडि ढल फुटेर मैदान भासिएको उनले बताए । (तस्बिर– नेपाल फोटो लाइब्रेरी)