arrow

लागुऔषध उत्पादन र ओसारपसार गर्ने ५२० जना संदिग्ध पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
laguausad-turkey.jpg

काठमाडौँ । टर्किए प्रहरीले देशभर व्यापक कारबाहीका क्रममा लागुऔषध उत्पादन र ओसारपसार गर्ने ५२० जना संदिग्धलाई पक्राउ गरेको छ । 

आन्तरिक मन्त्री अलि येर्लिकायाले छापाहरूमा प्रहरीले ३.७ टनभन्दा बढी लागुऔषध र ८ लाख ६१ हजार लागुऔषध चक्की बरामद बताए । 

नार्कोसेलिक–३२ भनिने अपरेसन इस्तानबुल, अंकारा र इज्मिर लगायत ५९ प्रान्तमा सञ्चालन गरिएको थियो । जसमा ३ हजार २५० कर्मचारी संलग्न थिए । 

युरोपेली बजारहरूमा ट्रान्जिट हबको रूपमा अवैध लागुऔषध व्यापारीहरूद्वारा प्रयोग गरिएको टर्किएले २०२३ देखि लागूपदार्थको तस्करीमा कडाइ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ