arrow

अमेरिकी उपराष्ट्रपतिका उम्मेदवार बहस गर्न सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
USA.jpeg

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवारहरू मिनेसोटाका गभर्नर टिम वाल्ज र ओहायोका सिनेटर जेडी भान्स अक्टोबर १ मा बहस गर्न सहमत भएका छन् । 

यस बहस सीबीएस इभनिङ न्यूज एन्कर र प्रबन्ध सम्पादक नोराह ओडोनेल र फेस द नेसन मध्यस्थकर्ता र सीबीएस न्युज प्रमुख विदेश मामिला संवाददाता मार्गरेट ब्रेननद्वारा सञ्चालित हुनेछ । 

नेटवर्कले दुई उपराष्ट्रपति उम्मेदवारहरू बीचको बहसको लागि चार मितिहरू प्रस्ताव गरेपछि वाल्ज अक्टोबर १ मितिमा सहमत भएको घोषणा गरेका थिए । 

रिपब्लिकन उप राष्ट्रपति पदका उम्मेदवार भ्यान्सले बिहीबार बहसमा सहमत भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ