arrow

सिनावात्रा पुत्री पातोङटर्न थाइल्याण्डकी कान्छी प्रधानमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
sinawatra-pm-24.jpg

काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन् । फेउ थाई पार्टीकी ३७ वर्षीया नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।

उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपि उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । 

प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन् । बुधबार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानून उल्लंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ