arrow

देउवासँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
deuba-falicity-volk-aus.jpg

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग बिदाइ भेटवार्ता गरेकी छिन् ।

नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग बिदाइ भेटवार्ता गरिरहेकी छिन् ।

सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि बिदाइ भेटवार्ता गरेकी हुन् । 

सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् । 

उनले नेपाल–अष्ट्रेलिया सम्बन्ध पछिल्लो समय झनै बलियो बनेको दाबी गरेकी छिन् । 

दुई देशबीच जनस्तरमा पनि सम्बन्ध सुमधुर भैरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ