arrow

काभा भलिबलको उपविजेता टोलीलाई जनही तीन लाख, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । 

सोअनुसार सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ