arrow

जम्मू–कश्मीर र हरियाणामा विधान सभा निर्वाचनको मिति घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
indian-election-commission.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू–कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ।

त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ।

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू–कश्मीरमा ९० विधानसभा सीट हुनेछन् ।  निर्वाचन आयोगले यस वर्ष जम्मू–कश्मीर विधान सभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मू–कश्मीर विधानसभामा ८७ सिट थिए ।

हरियाणा विधान सभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मू–कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ