arrow

पूर्वीय संस्कार र संस्कृतिको महत्व बुझाउनु आवश्यक छ : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
devraj-ghimire-03-16.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक लोकार्पण गर्दै उनले हाम्रो संस्कार बुझ्न सक्नेगरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए । 

“यो पुस्तकको अन्य संस्करणमा नेपाली र अङ्ग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,” उनले भने, “हामीले आफ्ना वेदका महत्त्वसँगै संस्कृति र संस्कारका पक्षलाई नयाँ पुस्तालाई प्रस्ट्याउनु पर्छ । नत्र उनीहरूले सतही ज्ञान मात्र लिइरहेका हुनेछन् ।”

सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिए । 

लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्नेगरी पुस्तकमा ल्याएको बताए । 

उनले भने, “वेदको सिद्धान्त र दर्शनलाई बुझ्नेगरी यो पुस्तक तयार गरेको छु । हामीले कसरी कर्म गर्नुपर्छ भन्ने यसमा उल्लेख गरिएको छ । त्यसकारण यो सबैका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ