arrow

२० मेडिकल विद्यार्थी अपहरित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
nigeria_violence.png

काठमाडौँ । पूर्वी नाइजेरियामा बार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।
 
बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन् । 

नाइजेरियाले गम्भीर आर्थिक सङ्कटका कारण अपहरणमा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ । 

राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दाहरू दर्ता भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ