राप्रपा जिल्ला अध्यक्षमा यादव, मानार्थ अध्यक्ष सिंह
प्रकाशित २०७३ मंसिर २६ आइतबार
1k
Shares
गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरीको जिल्ला अध्यक्षमा राजेश्वर राय यादव सर्वसम्मतिले चयन भएका छन् ।
शनिबार पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुशील श्रेष्ठसमेत उपस्थिति रहेको जिल्ला भेलाले मानार्थ जिल्ला अध्यक्षमा प्रमोदकुमार सिंह तथा कार्यकारी अध्यक्षमा राजेश्वर राय यादवलाई चयन गरेको जनाइएको छ ।
दुई चार दिनमा पार्टी जिल्ला कार्यसमितिलाई पूर्णता दिने निर्णय भएको अध्यक्ष राय यादवले बताए । रासस