arrow

निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको निर्देशन

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
bhandari-and-dahal-new.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै पक्षहरुलाई समेटेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न भनेकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक विषयमा राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।

यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले नियमित कार्यक्रमअन्तर्गत राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयासरत रहेको बताएको र समसामयिक विषयका कुराकानी भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र निर्वाचन गराउनकै लागि संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका प्रेस सल्लाहकार आचार्यले बताए ।  प्रधानमनन्त्री जन्मदिनकै दिन राष्ट्रपतिलाई भेट्न पुगेकाले राष्ट्रपतिले भेटमै  जन्मदिनको शुभकामना दिएको आचार्यले हाम्राकुरालाई सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ