arrow

बिजुलीको पोलमा झुण्डिएको अवस्थामा भेटिएका पाँच जना ‘अफगानी’भएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
afghansitan-against-pakistan.jpg

काठमाडौँ । पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ । 

यद्यपी अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी नलिएको पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले जनाएको छ ।

मृत्यु हुनेमा अफगानिस्तानको लस्करगाह निवासी रोजी खान, रहमत उल्लाह, सामी उल्लाह, आगा वली र सरदार वली रहेका छन् ।

शाह फहद बिन सुल्तान अस्पतालका एक अधिकारी मोहम्मद जवादले डनसँग भने “मृत्यु भएका पाँचै जना अफगानी नागरिक हुन् र अफगानिस्तानको लस्करगाहका बासिन्दा हुन् । शवको पहिचान चागई जिल्लाको एक अफगान शरणार्थी शिविर गिर्दी जाङ्गलेका मोहम्मद याह्याको सहयोगमा गरिएको हो ।

डनका अनुसार शवलाई क्वेटा लगिएको छ ।

इरानस्थित प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश अल अदलका प्रमुख नेता मुराद नोटेजाईको हत्याबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका पाँच जना उनीहरू नै हुनसक्ने प्रहरीको अनुमान छ । 

स्रोतका अनुसार इरानको सिस्तान–बलुचिस्तान क्षेत्रमा सक्रिय उक्त लडाकू समूहले आफ्ना नेताको हत्याको बदलामा ती व्यक्तिहरूलाई अपहरण गरी मृत्युदण्ड दिएको हुन सक्छ ।

अधिकारीहरूले दलबन्दिनमा फेला परेका पाँच वटा शव हालैको भिडियोमा देखिएका व्यक्तिहरूको हो वा ती असम्बन्धित व्यक्तिहरू हुन् वा फरक–फरक घटनामा मारिएका व्यक्तिहरू हुन् भनेर पत्ता लगाउने काम गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ