arrow

बझाङको टुमेडा पहिरोः 

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु, छको जीवितै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
bajhang_district_map.png
तस्बिर फाइल

बझाङ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए ।

गएराति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताए । उनले भने, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ