arrow

जनै पूर्णिमामा पशुपतिमा विधिवत् पूजाआजा गर्दै बटुक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
janaipurnima-batuk-81-5-3.jpg

काठमाडौँ । जनै पूर्णिमाको अवसरमा बटुकहरुले पशुपतिनाथको मन्दिर क्षेत्रस्थित राम मन्दिरमा जनै फेर्नका लागि विधिवत् रूपमा पूजाआजा गरेका छन् । 

जनै पूर्णिमाको अवसरमा पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा बटुकहरुले विधि पुर्याएर पूजाआजा गरेका हुन् । 

यसले उनीहरुको पहिचान पनि झल्केको छ । 

 श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।
 
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
 

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

janaipurnima-batuk-81-5-3 (1).jpg
janaipurnima-batuk-81-5-3 (2).jpg
janaipurnima-batuk-81-5-3 (3).jpg
janaipurnima-batuk-81-5-3 (4).jpg
janaipurnima-batuk-81-5-3 (5).jpg
janaipurnima-batuk-81-5-3 (6).jpg
janaipurnima-batuk-81-5-3 (7).jpg
janaipurnima-batuk-81-5-3 (8).jpg
janaipurnima-batuk-81-5-3 (9).jpg
janaipurnima-batuk-81-5-3 (10).jpg
janaipurnima-batuk-81-5-3 (11).jpg
janaipurnima-batuk-81-5-3 (12).jpg
janaipurnima-batuk-81-5-3 (13).jpg
janaipurnima-batuk-81-5-3 (14).jpg
janaipurnima-batuk-81-5-3 (15).jpg
janaipurnima-batuk-81-5-3 (16).jpg
janaipurnima-batuk-81-5-3 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ