पुल बाँचिएपछि अवरुद्ध बाटो खुल्याे, दुईतर्फी गुड्न थाले गाडी
प्रकाशित २०७३ मंसिर २६ आइतबार
925
Shares
परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बौलाहा खोलाको पुल भाँचिदा ठप्प भएको राजमार्ग खुलेको छ । पुल मुनिबाट दायाँ–बायाँ डाइभर्सन बनाएर बाटो सवारी दुवैतिर ओहोर–दोहोर गर्ने व्यवस्था भइसकेको नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
उनले भने, ‘दुवैतिर डाइभर्सन बनाएर गाडी संचालनमा आइसकेका छन् । लामो लाम लागेका गाडीहरुसमेत गन्तव्यतिर पठाइसकेका छौं ।’ पूर्वबाट पश्चिम हिँडेको ना ६ ख ३०१७ नम्बरको ट्रकले ठक्कर दिँदा शनिबार राती पुल भाँचिएको थियो ।
राजमार्गमै रहेको पुल भाँचिएपछि आइतबार विहान यात्रुवाहक बस र मालबाहक ट्रक अलपत्र परेका थिए । जीर्ण अवस्थामा रहेको पुललाई ट्रकले छेउबाट ठक्कर दिएको एसपी चौधरीले बताए । पुलनै भाँचिएपछि पूर्व पश्चिम दुवैतिर जाने गाडीको ८ किलोमिटर सम्म लाम लागेको थियो ।