arrow

मंकिपक्सविरुद्ध निगरानी बढाउदै भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
monkeypox-test.jpg

काठमाडौँ । भारतको सङ्घीय सरकारले राज्यहरूलाई निगरानी बढाउन र मंकिपक्स मामिलाहरू तुरुन्तै पत्ता लगाउन प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री कार्यालयका प्रमुख सचिव पिके मिश्रको अध्यक्षतामा देशमा मंकिपक्सको पूर्वतयारी र जनस्वास्थ्यका उपायहरूको समीक्षा गर्न उच्चस्तरीय बैठक बसेको थियो ।

मिश्रले प्रारम्भिक निदानका लागि परीक्षण प्रयोगशाला सञ्जाललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार मंकिपक्सको अन्तिम केस मार्च सन् २०२४ मा फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ