arrow

गाईजात्रा विशेष

गणतन्त्र ल्याउने राजा तपाईं 'ऊ त्यो' नै हो  

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८१ भदौ ४ मंगलबार
shivaprasad-pokharel-81-5-4.jpg

मलाई हाम्रो देशमा दैनिक जात्रा 'ऊ त्यो' भैरहेको महसुस हुन्छ। २१औँ शताब्दीमा जथाभावी गर्ने देशको जनता हुन पाउँदा 'ऊ त्यो' नै हुन्छ। त्यसैगरी बिना अध्ययन मुख छाड्न पाउने देशको जनता हुँदा पनि 'ऊ त्यो' हुन्छ। 

धेरै जनताले दुखः पाएको देखेर मन अमिलो हुन्छ तर आफूले गर्न सक्ने केही नहुँदा पनि 'ऊ त्यो'नै हुन्छ। यो देशका जनताले अव तिमीहरुको कामै छैन भनेर तेश्रो हुने अंकभार दिँदा पनि यही ठूलो कुरा हो भनेर गर्भ गर्नेलाई देख्दा 'ऊ त्यो' हुन्छ । 

जनता जस्तै आकार भएकाले पहिलो बनाएका दलको ताल हेर्दा अनि आफू र वरिपरिका आसेपासे, ढोके, लटौरेलाई प्रयोग गरेर केही वर्ष अवधि पश्चात मरेर जाँदा लान नमिल्ने सम्पत्ति थुपारेको देख्दा पनि 'ऊ त्यो' नै हुन्छ । जनता जस्तै आकार भएकाले दोश्रो बनाइदिएकाहरुको घमण्ड देख्दा पनि 'ऊ त्यो' नै हुन्छ ।  

ज्ञानेन्द्र राजा तपाईं पनि कम मज्जाको मानिस होइन तपाईंले नै हो यो देशमा खोया जस्तो गणतन्त्र ल्याउनका लागि भूमिका खेल्नु भएको छ । तपाईंको ठाउँमा अरु कोही थिए भने कुनै पनि हालतमा यो देशमा राजतन्त्र जाने थिएन । 

यसो सोच्छु न तपाईंले एक जनालाई मार्नु भयो न त देशको शासन चलाउने नाममा नकारात्मक भूमिका नै खेल्नुभयो । न तपाईंले हसिनाले जसरी देश छोडेर जानुभयो । 

तपाईंले विश्वास गरेका राम्रोसँग नसुमारिएर जर्रा बसेका साँढेहरुको कुसल्लाहले पनि थोरै भूमिका खेल्यो होला । 

तर जुन कोणबाट हेर्दा पनि तपाईंमात्र सही हो भन्ने धेरै नेपालीलाई थाहा छ। तपाईंको गुणगान नेपालको इतिहासमा लेखिनै पर्छ भन्ने मेरो माग हो। 

नेपालमा गणतन्त्र ल्याउनका लागि सबैभन्दा ठूलो योगदान गरेको व्यक्ति कसैलाई छान्नुपर्छ भने त्यो तपाईं नै हो र तपाईंलाई नै छान्नु पर्छ । अन्त कतै खोज्न पर्दैन । 

अनि विश्वको प्रतिष्ठित मानिएको संस्थाले नोबेल शान्ति पुरस्कारका लागि योग्य व्यक्ति छान्छन् यदि भने त्यो तपाईं नै हो । त्यो उपाधि सिधै तपाईंलाई बोलाएर गर्वका साथ हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो माग हो। 

नेपालमा गणतन्त्र ल्याउने राजा तपाईं 'ऊ त्यो' नै हो  ।

त्यसैगरी मेरो अध्ययन र बुझाइमा नेपालको पहिलो दलको दर्जा दिएको दलमा 'ऊ त्यो' भन्ने एक जना महान् पुरुष हुनुहुन्थ्यो। उहाँ हो सुशील कोइराला, भद्र, सादगी, छाडा नबोल्ने, धेरै नबोल्ने र दिलैदेखि देशको भलो गर्ने र यो देशमा संसदबाट संविधान घोषणा गर्ने एकल नेता उहाँ मात्र हो । 

उहाँ प्रधानमन्त्री नभएर अरु कोही लोभी पापी प्रधानमन्त्री भएको भए तिनीहरुले संविधान घोषणा गर्दैन थिए र तल्लो छिमेकको बडेमानको साँढेले नेपालमा संविधान घोषणा गर्दा उसको माग तथा सम्मान समावेश भएको संविधान घोषणा गराउने चाहना उसमा थियो। 

सचिव स्तरका मानिसलाई पठाएर संविधानमा गोलमाटोल गरिदिने उसको चाहनालाई सुशील कोइरालाले 'ऊ त्यो' गरिदिए ।  छिमेकी साँढेले नेपालको संविधानलाई पनि १९५० को शन्धि जस्तै बनाएर हामीलाई खेलाउन चाहन्थ्यो । सुशील कोइरालाको सादगीपन, छलकपटरहित राजनीति तथा निष्ठाले छिमेकीलाई खोलेर नै 'ऊ त्यो' देखाई दिनुभयो । 

सन् २०१४ फेब्रुअरीबाट २०१५ अक्टोबरसम्म देशको प्रधानमन्त्री भएर उहाँले देशलाई ठूलो उपहार 'ऊ त्यो' दिएर जानुभयो। 

तपाईंको मृत्यु पनि अत्यन्त असहज 'ऊ त्यो' भयो भन्ने सुनियो। यदि भगवान् नै भएको भए स्वर्गमा यहाँलाई राम्रो स्थानमा राखुन् र 'ऊ त्यो' गरुन् भन्ने हाम्रो विनम्र पुकार छ। 

उहाँको मृत्यु बाथरुममा भयो भनेर भने, अनि कतिले निधारमा चोट थियो पनि भने तर तपाईंको समर्थनमा कसैले चुइँक्क गरेनन् । लोभी पापी अनि कुलंगारहरु आफू पनि मर्नुपर्छ भन्ने बारेमा कसैले सोचेका छैनन् । 

तपाईं बोल्दा 'ऊ त्यो' मात्र भन्नुहुन्थ्यो त्यो 'ऊ त्यो' भनेको हाम्रो देशको संविधान रहेछ। धन्य छ तपाईंले हाम्रो देशमा 'ऊ त्यो' बनाउन सबै भन्दा ठूलो 'ऊ त्यो' खेल्नु भएकोमा ठूलो सम्मान छ । 

देशले तपाईंहरु जस्तै महान् पुरुषको खोजी गरिरहेको छ। हाम्रो देशमा जनता तथा नेता अधिकांश लोभी पापी भएकोले देशमा परिवर्तन गर्न कठीन छ भन्ने कुरा हामीले भनिरहनु पर्दैन । 

स्वर्गको कुनाबाट तपाईंले हेरिरहनु भएको छ भन्ने लाग्छ। तपाईंहरु जस्ता महान् पुरुष कहिलेकाहिँ मात्र जन्मिने हुँदा आज पर्न गएको गाईजात्राको अवसरमा तपाईंहरुलाई 'ऊ त्यो' बाटै सम्मान र नमन छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ