arrow

रहिनन् विश्वकै सबैभन्दा वृद्धा मोरेरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
senoir-citizen.jpg

काठमाडौँ ।  विश्वकी सबैभन्दा वृद्धा व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । 

गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्धा व्यक्तिको रूपमा स्वीकार गरेको थियो । 

“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो”, उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । “हामीलाई उहाँको सम्झना सधै रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएका थिए । 

“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहे पनि खुसी रहनेछु”, उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताए । 

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वकी सबैभन्दा वृद्धा जीवित व्यक्ति जापानकी टोमिको इटुका हुन् । सन् १९०८ मे २३ मा जन्मिएकी टोमिको हाल ११६ वर्षकी छिन् । 

सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिएकी ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर उन पूर्ण रूपमा निको भएकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ