arrow

बङ्गलादेशी कपडा कारखानाले पुनः शुरु गर्‍यो उत्पादन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
kapada-bangladesh.jpg

काठमाडौँ । दक्षिण एसियाली देश बङ्गलादेशमा अगस्टको शुरुमा राजनीतिक उथलपुथलपछि बङ्गलादेशका कपडा र गार्मेन्ट कारखानाहरू बिस्तारै सञ्चालनमा आएका छन् । 

गार्मेन्ट उद्योग २०२३ मा बङ्गलादेशको कुल निर्यात व्यापारको ८५ प्रतिशत हिस्सा ओगटेको राष्ट्रिय अर्थतन्त्रको स्तम्भ हो । यो देश विश्वव्यापी परिधान आपूर्ति शृङ्खलाको एक प्रमुख हिस्सा पनि हो । 

गत वर्ष लगभग ४७ अर्ब अमेरिकी डलर बराबरको कपडा निर्यात गरेको थियो । 

पोलो सर्ट, ज्याकेट, बक्सर, टी–सर्ट लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्ने गरेको व्यापारीहरू बताउँछन् । सबै कच्चा पदार्थहरू चीनबाट आयात गर्ने गरेको उनीहरूको भनाइ छ । 

सरकार परिवर्तनपछि बङ्गलादेशको अवस्था समस्याग्रस्त रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ