arrow

विद्यालयमा आक्रमण हुँदा १२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरेली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ ।

इजरेली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । 

“हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरेली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताए ।

गाजापट्टीमा जारी इजरेल–हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उहाँले बताए ।

इजरेली सेनाले भने हमासले विद्यालयलाई ‘ कमाण्ड–एन्ड–कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ । 

“हमास लडाकु समुहले इजरेली सेना र इजरेल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इजरेली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ । 

एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ । 

हालैका हप्ताहरूमा इजरेली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ