arrow

बस पल्टिएपछि आगलागी

तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

२३ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
iraq-map.png

काठमाडौँ । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

“मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको सरकारी टेलिभिजनले जनाएको छ ।

“बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताएका छन्। 

“घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य ७ जनाको अवस्था गम्भीर छ भन १० जनाको अवस्था सामान्य छ ।” मालेक–जादेहले भने 

मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए । 

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उहाँका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृति कार्यक्रममा सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ