arrow

रामचन्द्र पौडेलले गरे पुलको शिलान्यास

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
Ramchandra-Poudel-11.jpg.jpeg

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिकास्थित सेपाको बगैचामा आइतबार चुदी खोला पुलको शिलान्यास गरेका छन् ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन र निर्वाचनका लागि सवै दल मिलेर अगाडि बढ्नुपर्ने बताए । सत्तामा साझेदारीभन्दा संविधानको कार्यान्वयन गर्ने कुरामा सहमति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति र स्थिरता बिना मुलुक अगाडि बढ्न नसक्ने नेता पौडेलको भनाइ छ ।

भानुभक्त आचार्यको जन्मस्थल चुदी रम्घामा मोटर पुल निर्माण भएपछि देशविदेशबाट आउने साहित्यकारलाई राहत पुग्ने नेता पौडेलले बताए । कार्यक्रममा सासंद रामचन्द्र पोख्रेल, पूर्वराज्यमन्त्री अमरराज कैनी, प्रमुख जिल्ला अधिकारी दिपक सुवेदी, स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीलगायतको उपस्थिति थियो ।  दुई करोड ६५ लाखको लागतमा निर्माण हुन लागेको २५ मिटर लामो उक्त पुल दुई वर्षभित्र सक्ने लक्ष्य छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ