arrow

भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न सम्पर्क समितिलाई आरजूको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
arzu-india-81-5-6.jpg

काठमाडौँ । हाल भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । 
 
नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गरेका हुन् । 
  
सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारीहरुको टोलीले जनसम्पर्क समिति भारतका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै मन्त्री डा राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए ।
  
सो अवसरमा मन्त्री डा राणाले नेपाली कांग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली कांग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गरिन् । 
 
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ