arrow

संविधानको दोष छैन

सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष- प्रथम राष्ट्रपति [भिडियो]

सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
rambaran-yadhav-05-07.jpg

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरू नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको बताए । उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्ने कुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए । उनले शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे । 

उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए । सबै राजनीतिक दलहरू सत्ताका लागि मरिहत्ते गरिरहेको बताए ।

उनले भने, ‘अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तीमा सामुदायिक विद्यालयहरूमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल भए भनिरहेका छन् । मुख्य मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिक स्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ । सारा कुरा छ । तर त्यो लागू कसरी गर्ने देखिरहेको छ । पार्टीलाई सत्तामा नगईकन नहुने । यहीँ भारतमा अहिले राहुलले पक्रिएको छ लाइन, अर्को पटक आउँछ हेर्नुहोला । बेलायतमा त्यस्तै छ । काँग्रेसलाई के परेको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ