arrow

मोदी किभ पुगे, रुस–युक्रेन युद्धलाई नयाँ सहमतिमा लैजाने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
modi-keiv-24-8-23.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी किभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुँदै मोदी किभ पुगेका हुन् ।

सन् १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीको यस युक्रेन भ्रमणलाई रुस–युक्रेन युद्धसँग जोडेर हेरिएको छ । 

मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि विश्वका कयौँ ठूला नेता रेलयात्रा गर्दै किभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा किभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चाँसो दिँदै महत्वपूर्ण भ्रमण भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ