arrow

रुस–युक्रेन युद्धमा सहमति खोज्दै मोदी किभमा, जेलेस्न्कीसँग वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
modi-jelenski-24.jpg

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । किभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ ।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस(युक्रेन युद्ध शुरु भएपछि विश्वका कयौँ ठूला नेता रेलयात्रा गर्दै किभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिँदै महत्वपूर्ण भ्रमण भनेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ