काठमाडौं । नेपालकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ अवार्ड जितेकी छिन्। अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सोमबार बिहान सुपर हिरो अवार्ड प्रदान गरेको हो।
त्यसका लागि बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रममा आफ्नो पकोपकारी कार्यलाई निरन्तरता दिन विजेता बस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छिन्।
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा सन् २०१२ को ‘एीनएन हिरो बनेकी थिइन् । सीएनएन सुपर हिरोका लागि शनिबार र आइतबार गरी दुई दिन मत दिने व्यवस्था गरिएको थियो ।