arrow

मोदीले दिए जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
modi-jelenski.jpg

किभ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् । युक्रेनको राजधानी किभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भने, “भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ ।”

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरेका थिए । “विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ”, उनले भने ।

प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए । 

प्रधानमन्त्री मोदीले किभमा युक्रेनको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ