arrow

लामो बोलेनन् ओली : छोटोमा भने–‘प्रस्ताव फिर्ता लिए सहमति हुन्छ’

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
oli-voice-lokman-new.jpeg

नेपालगन्ज । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी, बाँकेले गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ‘वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।’

अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँको छोटो जवाफ थियो – ‘संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।’ अध्यक्ष ओलीले भने, ‘जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?”

जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ– भने ।

एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्छ भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ