arrow

नरेन्द्र मोदी ४६ मिनेट पाकिस्तानी एयर स्पेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
narendra-modi-flight-2924.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४६ मिनेट पाकिस्तानी एयर स्पेसको प्रयोग गरेका छन् । 

पोल्याण्डबाट भारत फर्कने क्रममा मोदीले पाकिस्तानी एयर स्पेसको प्रयोग गरेका हुन् । पाकिस्तानी मिडिया हाउट डनले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उधृत गर्दै यसको जानकारी दिएका हुन् । 

मोदी सवार विमान पोल्याण्डबाट काजखस्तान र ताजिकिस्तानबाट पाकिस्तानको लाहोर, इस्लामाबाद र अमृतसर हुँदै भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेको थियो । 

सन् २०१९ मा पाकिस्तानले भारतका लागि एयर स्पेस बन्द गरेको थियो । २६ फेब्रुअरी २०१९ मा पाकिस्तानको बालाकोटमा भारतले एयर स्ट्राइक गरेपछि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाइ क्षेत्र पूर्णरुपले बन्द गरेको थियो । 

गत मार्चमा पाकिस्तानले एयर स्पेस आंशिक रुपले खोलेको थियो तर उडानका लागि भने प्रतिबन्धलाई कायमै राखेको थियो । 

यद्यपि २०२१ मा मोदीको नन–स्टप उडानलाई अमेरिका जानका लागि हवाई क्षेत्र प्रयोग गर्न दिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ