arrow

गरिमा विकास बैङ्कलाई 'वेस्ट बैङ्किङ इन असेट्स क्वालिटी अवार्ड' बाट सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
garima-bikash-bank-best-assets-qauality-2024-india.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैङ्किङ कनक्लेभ एण्ड अवार्ड कार्यक्रममा ‘वेस्ट बैङ्किङ इन असेट्स क्वालिटी अवार्ड’ प्राप्त गरेको छ। यो प्रतिष्ठित अवार्ड बिम्स्टेक देशहरू नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, र म्यानमारका बैङ्क तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धामा उत्कृष्ट रहेको कर्जा तथा अन्य लगानीको गुणस्तरको लागि प्रदान गरिन्छ।

उक्त अवार्डले गरिमा विकास बैङ्कले प्रदान गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तरलाई उच्च मापदण्डको प्रमाण मानिएको बैङ्कले महसुस गरेको छ। यस कार्यक्रममा गरिमा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैङ्किङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्यानल छलफल "ड्राइभिङ इफिशन्सीस् अक्रोस दी भेल्यू चेन" मा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले विकास बैङ्कर्स सङ्घ, नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपालको बैङ्किङ परिदृश्य, प्रविधिको प्रयोग, र आगामी चुनौतीहरूमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

उक्त छलफल कार्यक्रममा उनले बैङ्क अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैङ्क अफ इन्डियाका चिफ जनरल म्यानेजर राजीव रञ्जन प्रसाद, र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिता सँगै प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए। साथै, श्रीलङ्काको केन्द्रीय बैङ्कका डेपुटी गभर्नर र बङ्गलादेशको केन्द्रीय बैङ्कका कार्यकारी निर्देशक पनि प्रमुख वक्ताको रूपमा उपस्थित थिए।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले काठमाडौँ उपत्यकामा २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, र ५० वटा एटिएम मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ