arrow

उपप्रधानमन्त्री निधि र अमेरिकी राजदूतबीच भेट

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Ambassador.jpeg
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताएकी छन्  । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सोमबार गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताएकी हुन् । 
 
भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा नेपालको समसामयिक राजनीति र सङ्क्रमणकालीन न्याय एवम् यसको व्यवस्थापन सम्बन्धमा कुराकानी भएको थियो । 
 
सो अवसरमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए । राजदूत टेप्लिज्ले अमेरिकाको साथ नेपालमा विकासका लागि सधैँ रहने प्रतिबद्धता जनाएको दाहालले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ