arrow

मोहम्मद जयन्ती मनाइयो

सार्वजनिक विदा माग

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ मंसिर २७ सोमबार
kapilvstu-ma-Musalim-ko-Jetawani-073-8-27-2.jpeg
कपिलवस्तु । नेपाल सरकारले हजरत मोहमद हुजुर साहबको जन्म दिनको अवसरमा सरकारी बिदा नदिएकोमा स्थानिय मुसलिम समुदायले  गुनासो पोखेका छन् । हुजुरको जन्म मक्काको साउदी अरबमा भएको थियो । हुजुरको १४९१ औँ जन्म जयन्ती  बडो ह्रषोउल्लासका साथ मनाईएको मन्सुल अलिले बताए।  राणाकाल देखी नै नेपालमा मुसलिमलाई बिभेदमा परिएका बताएउलै अलिले अब आउने दिनमा सरकारले सरकारी बिदा नदिएमा अनदोलन गरि आरपारको लडाई लड्न तयार रहेको बताए । मन्सुर सहितका स्थानियले  बिदा नपाएकोमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
 
 
मुस्लिम धर्मावलम्बीहरुको पुर्खा मेरो नबी मोहमद हुजुर साहबको जन्म आजकै दिन १४९१ मा भएको थियो । त्यसैको खुशीयालीमा कपिलबस्तुको बजारमा निकै चहल पहल बढेको छ । एउटा मात्र यस्तो तिहार मुसलिम निकै सौहारदापुर्ण बाताबरणमा मनाउने गरेको छन । रंगीचङ्गी कागज र बासको सहायताले मुस्लिम धर्माबलम्बीले जन्म दिन मनाउनमा ब्यस्त देखिएका छन । 
 
मानव जातीको कल्याणको लागी यो शंशारमा मेरो हुजुर प्राण ल्याएका हुन । नेपालमा हामी मुसलिम अल्पशंख्यक भए पनि हाम्रो सख्या कपिलबस्तु जिल्लामा धैरै रहेको बताएका छन । मुस्लिम धर्माबलम्बीहरुका धार्मिक गुरु मेरो नबी मोहमद हुजुरको जन्म दिन मनाउने प्रचलन रहेको छ । कपिलबस्तुको सदरमुकाम तौलिहवामा १० हजार को सख्यामा जुलुस निकालेका थिए । २ किलो मिटर लामो  लाईन पैदल, मोटर साईकल , जिप,टैक्टर ले परिक्रमा गरेका थिए । 
 
मोहम्मद जयन्ती नेपालको संविधान चाडै कार्यन्वयन होस र  नेपालमा शान्ति छओस भन्दै मनाइदै छ । नेपालमा रहेका मुस्लीमहरु सोमबार  इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बर सल्लाहु अलैवसल्लामको १४ सय ३८  औँ जन्म दिन नेपालमा स्थीरता हटेर शान्ति आमन चयन कायम होस भन्दै मनाइका  छन । 
 
कपिलवस्तु, रौताहट, बाँके, रुपन्देही, सर्लाही, धनुषा लगायत मुस्लीम बाहुल्य रहेको जिल्लामा सविधान कार्यन्वयन सगै मुस्लीमहरुको हकहित संरक्षण होस भन्दै मोहम्मद डे मनाइ रहेको  राष्ट्रिय मदरशा सघ नेपालका महासचिव मौलना मश्हुद खा बताए  ।  सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसंग केही वर्ष अघि सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए ।
 
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाण्ीको स्मरण गर्ने गरिन्छ ।नेपालको जनगणना २०६८ अनुसार  नेपालमा २२ लाख मुस्लीम रहेका छन । नेपालको ७५ जिल्लामा मुस्लीम रहेको राष्ट्रिय मुस्लीय अयोगको अभिलेखमा उल्लेख गरिएको छ । 
Displaying kapilvstu ma Musalim ko Jetawani 073-8-27 1.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ