arrow

सहमति र समाधान तीन ठूला दलकै हातमा : रामचन्द्र

नेता पौडेलेको उद्घाटन व्यस्तता

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Ramchandra-Poudel-11.jpg.jpeg

दमौली  । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद मिलाउने जिम्मा तीन ठूला दलकै काँधमा रहेको बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको शिलान्यास गर्दै नेता पौडेलले भने, ‘संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ ।’

नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिए ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुरियाउने पनि पौडेलले बताए । सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग रायमाझी, दमौली अस्पतालका अध्यक्ष हरिराज कँडेल र जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डित लगायतले सो भवन निर्माण भएपछि सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने बताए ।

दुई करोड ५६ लाख २६ हजारको लागतमा करिब १८ महिनामा सो भवनको निर्माण कार्य सक्ने लक्ष्य लिएको छ । यसैबीच नेता पौडेलले सोमबारै छाब्दी मार्गको निरीक्षण गर्नुका साथै बैरेनी खानेपानी आयोजनाको समेत उद्घाटन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ