arrow

कुलमानलाई हटाउने सरकारको कुनै योजना छैन - ऊर्जामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
deepak-khadka-sindhupalchok.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बुधबार बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे । 

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
 
मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताए । सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्दै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ