arrow

शहरी विकास मन्त्री केसी मंगलवार भारत जाँदै

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
arjun-KC.jpeg
काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मंगलवार मित्र राष्ट्र भारत जाने भएका छन् ।भारतको राजधानी नयाँ दिल्लीमा मंसिर २९ देखि पुस १ गतेसम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको शहरी विकास तथा आवास सम्बन्धि छैठौं मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री केसी मंगलवार विहान १०:३० वजे  त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
 
सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रबक्ता शिवहरि शर्मा र वरिष्ठ समाजशास्त्री पोस्टराज ढुंगानाको पनि सहभागिता रहनेछ ।
 
सम्मेलनलाई मन्त्री केसिले मंसिर २९ गते बुधवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपालको तर्फबाट नेपालको आवास नीति ,शहरीकरणको अवस्था, समस्या, चुनौती र नेपालले अपनाएको रणनीतिहरुका बारेमा सदस्य राष्ट्रहरुलाई जानकारी गराईने बताईएको छ । 
 
सम्मेलनले एशिया प्रशान्त क्षेत्रको शहरी विकास तथा आवास सम्बन्धी दिगो रणनीति सहित नयाँ दिल्ली घोषणापत्र जारी गर्ने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ